एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा 'धर्म निरपेक्ष' शब्द उल्लेख नहुने बताएका छन् ।
भारतीय योग गुरु रामदेवको काठमाडौंमा भएको 'योग विज्ञान शिविर'मा शनिबार बिहान प्रमुख अतिथिकारुपमा उपस्थित ओलीले अन्तरिम संविधानसमा अंग्रेजी शब्द 'सेक्युलर' को गलत अनुवाद भएको बताए । 'अन्तरिम संविधानमा अंग्रेजी शब्द 'सेक्युलर' को अनुवाद गलत भयो,' उनले भने, 'नयाँ संविधानमा सबै धर्म, संस्कृति, परम्परा र आस्थाप्रति समभाव रहने शब्द लेखिनेछ ।'
ओलीले नेपाल धर्म निरपेक्ष वा कुनै एक धर्म सापेक्ष मुलुक नहुने बताए ।
ओलीले नेपाललाई सबै धर्म, संस्कृति, मूल्य, परम्परा र आस्थाको साझा थलो बनाउने पनि उल्लेख गरे ।
कार्यक्रममा रामदेवले नेपाललाई 'आध्यात्मिक राष्ट्र' घोषणा गर्न सुझाव दिए । 'शर्माजी तपाईं के भन्नुहुन्छ ?' भनेपछि ओली मञ्चमा पुगेर नेपाललाई सबै धर्म संस्कृतिको साझा मुलुक बनाउने बताएका थिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाललगायतको उपस्थित थिए । एमाले नेता नेता नेपालले नेपाल पूर्वीय दर्शको उद्गम थलो रहेको भन्दै प्रचार प्रसार गरिदिएकोमा रामदेवलाई धन्यवाद दिए ।
Comments[ 0 ]
Post a Comment