काठमाडौ, वैशाख १३ -
महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबार १२ बजेर ५६ मिनेट जाँदा पनि उत्तै शक्तिशाली झट्का महशुस गरिएको हो ।
यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।
भूकम्पका कारण १९ सय बढीको ज्यान गइसकेको छ भने हजारौँ घाइतेको उपचार भइरहेको छ ।
भूकम्प आएलगत्तै नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायले चासो देइरहेका छन् ।
Comments[ 0 ]
Post a Comment