बेट्रि परिवर्त गरेर चल्ने स्कूटर

9:36 AM |
ताइवानले बेट्रि परिवर्तन गरेर निरन्तर चलाउन सकिने स्कुटर बनाइएको छ ।
उक्त इलेक्ट्रक स्कुटर ग्रागरा नामक कम्पनी बजारमा ल्याएको हो ।यो स्मार्ट स्कुटरको मुल्य ४१४० डलर रहको छ ।
कम्पनीका अनुसार यो स्कुटर ताइवानमा यही जुन २७ बाट बजारमा आउने छ ।
यस स्कुटर सुरुमा खरिद गर्नेका लागी  कम्पनीले दुई वर्षका लागी निशुल्क मर्मत सेवा दिने  र स्कुटर  चोरी भएमा एक वर्षको बिमा समेत दिने छ ।
साथै स्कुटर चलाउनेहरुले शहरका ग्रागरोका कम्पनीमा गएर तुरुन्त बेट्रि परिवर्तन गर्न सकिने छ
यस स्कुटरको मुख्य बिशेषता भनेको यसको पेट्रोल बिना इलेक्ट्रिक चार्जद्धारा चल्ने ,आवाज र डिजटल डिस्प्ले आफनो रुचि अनुसार  बनाउन सकिने छ ।
Read more…

अम्बानीले किने १४ करोडको मर्सिडीज,

9:35 AM |
मुम्बई । भारतका सबै भन्दा धनी व्यक्ति रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेश अम्बानीले आफनो सुरक्षाको लागी मसिर्डीज बेन्जको अत्याधुनिक कार मसिर्डीज एस६०० किनेका छन् ।
उक्त मसिर्डीज एस६०० को मुल्य १४.२४ करोड नेपाली रुपौया रहेको छ । यस कार सुरक्षा सम्बन्धमा वीआरे९ लेवलको हो यो कार सुरक्षाको हिसाबले उच्चस्तरको मानिन्छ ।
यो बुलेट प्रूफका साथमा सानो तिनो विष्पोटले समेत केही हुदैन र यस कारको निमार्ण जर्मनीको सम्यन्त्रमा बनाइएको हो ।
यस कारका लागी उनी ८ महिना कुर्न परेको  थियो अम्बानी कार किन्ने मानिसहरुको ५७ औ नम्बरमा परेका छन् ।
अहिले यो कारको माग बिश्व भरि बढिरहेको बताइएको छ
Read more…

जापानमा गरियो दुई रोवर्टको बिवाह

9:33 AM |
जापान । जापानको टोकियोमा दुई रोवर्टले जापानी परम्परा गत रुपमा विवाह गरेका छन् । 
दुलाहा रोबोटको नाम रिकर्ड फ्रारायस र दुलही रोबोटको नाम युकीरिन राखिएको थियो।

विवाहको लागि निमन्त्रणपत्र मानिसहरुलाई बोलाइएको थियो । बिवाह महोत्सबमा एक सय बढी मानिसहरुको जन्ती उपस्थीत रहेको थियो।

बिवाहमा दुलाहा रोवर्टलाई रातो रङ र दुलही रोवटलाई सेतो पोसाकमा सजाइएको थियो । बिवाहमा दुलाह र दुलही रोवर्टलाई चुम्बन गरी केक काटेर विवाह सम्पन्नगरिएकोे थियो ।
विवाह समारोहमा आएका जन्तीहरुलाई संगितिक कार्यक्रम र भोज खुवाएर बिदा गरिएको थियो ।
Read more…

पचास प्रतिशत बजेट पनि खर्च भएन : अर्थमन्त्री

9:32 AM |
काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले बजेटको स्रोत जुटाउन समस्या नभएपनि कार्यान्वयनमा समस्या रहेको बताएका छन् ।
मन्त्री महतले आर्थिक वर्ष समाप्त हुन लाग्दा अधिकाशं मन्त्रालयका विकास बजेट पचास प्रतिशत पनि खर्च हुन सकेका नसकेको बताए ।
विपी चिन्तन प्रतिष्ठान र मानवतावादी समाज ९सोच० नेपालद्वारा संयुक्तरुपमा विनाशकारी भूकम्पपछि नव निर्माणसम्बन्धी बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले विकास आयोजनाका लागि बजेटको अभाव हुन्न काम गरेर देखाउनुहोस् भन्दा पनि मन्त्रालयहरुले बजेट खर्च गर्न नसकेको गुनासो गर्दै प्रशासनिक तहबाट यस्तो प्रवृत्ति अन्त्य हुनु जरुरी भएको बताए ।
उनले विनाशकारी भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि विदेशी सहयोग जुटाउन नै असार १० गते दाता सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पारे ।
अर्थमन्त्री डा महतले दाता सम्मेलनका लागि आवश्यक तयारी सरकारका तर्फबाट पुरा भइसकेको बताउदै विपद् व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय छिट्टै गठन हुन लागेको जानकारी दिए ।
Read more…

भूकम्पका कारण डेढ अर्ब बढीको नोक्सानी

9:30 AM |
वीरगन्ज। भूकम्पका कारण वीरगन्ज भन्सार कार्यालयलाई रु डेढ अर्ब बढीको नोक्सानी भएको छ ।
भूकम्पका कारण जेठ महिनामा रु एक अर्ब ७५ करोड ३७ लाख दुई हजार राजस्व क्षति भएको छ ।
भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई जेठ महिनामा रु आठ अर्ब ९४, करोड ५१, लाख ४४, हजार राजस्व सङकलन गर्ने लक्ष्य दिएकोमा रु सात अर्ब १९, करोड १४, लाख ४२ हजार मात्र राजस्व सङकलन गरेको छ ।
लक्ष्य भन्दा झन्डै २० प्रतिशतले कम राजस्व सङकलन भएको कार्यालयका सूचना अधिकृत सुशील शर्माले बताए । भूकम्पका कारण वैशाख महिनामा समेत वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको थियो ।
वैशाख महिनामा मात्रै कार्यालयलाई रु दुई अर्ब, ६१ करोड, २७ लाख, २८ हजार ७८३ रुपैया घाटा भएको छ । यहाँ वैशाख महिनामा रु पाँच अर्ब ६१, करोड ७४, लाख २२, हजार २१७ रुपैया राजस्व सङकलन भएको थियो ।
Read more…

तातोपानी नाकाको कारोबार प्रभावित, अब रसुवा नाका खोलिने

9:28 AM |
काठमाडौँ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवा नाकाबाट कारोबार अघि बढाइने भएको छ ।
व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको आज सिहदरबारमा बसेको बैठकमा अर्थमन्त्रायका राजस्व सचिव नवराज भण्डारीले सो कुराको जानकारी दिनुभएको हो ।
सभासद् अमृतकुमार बोहराले भूकम्पका कारण तातोपानी नाका बन्द हुँदा दैनिक करोडौँकारोबारमा प्रत्यक्ष प्रभाव परेको र सयौँ कन्टेनर अझै पनि खासामा अलपत्र परेको छ भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
समितिका सभापति गगन थापाको अध्यक्षमा बसेको सो बैठकमा सचिव भण्डारीले तातोपानीस्थित नेपालको सीमामा रहेका केही कन्टेनर स्कर्टिङ गरेर ल्याइएको तर सीमापारी भने अझै ५०० कन्टेनर रोकिएको बताए ।
नाका खुलाउन नेपाल सरकार तयार भए पनि चिनियाँ पक्षले केही प्राविधिक समस्या देखाएकाले काम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले तत्कालै सो नाका खुला गर्न सक्ने स्थिति नदेखिएकाले आगामी दसँैका लागि रसुवा नाकाबाट कारोबार अघि बढाउने तयारी भएको जानकारी दिए ।
Read more…

आफु खुशी र समाजमा समानताको प्रतिक इन्द्रेणी कलर

9:23 AM |
अमेरिकी सर्बाेच्च अदालतले अमेरीकामा समलैंगिक विवाहको मान्यता दिए लगत्तै फेसबुकले यसको यसको समर्थनमा साथ दिएको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले facebook.com/celebratepride’ नामको एप्लिकेशन प्रयोग गरेरे समर्थन गरेका हुन् ।
फेसबुकले प्रोफाइल तस्विरमा इन्द्रेणी कलर लगाएर सबै बराबर भन्ने संकेत दिन खोजेको छ ।
यसको समर्थनमा बिश्वभरमा मानिसहरुले फेसबुक मार्फत आफ्नो रंगीन तस्बिरलाई फेसबुकमा शेयर गर्दै समर्थन जनाएका छन् ।
समलिङगी विवाहलाई कानुनी मान्यता दिएकोमा आफु खुशी भएको र समाजमा समानताका लागि अझै थुप्रै कामहरु गर्न बाँकी रहेको जुकरवर्गले फेसबुक पोष्टमा बताएका छन्।
नेपालमा पनि यसको समर्थनमा नेता, कलाकार, पत्रकार, र सर्बसाधारणहरुले आफ्नो तस्विरलाई रंगीन बनाएर फेसबुकमा शेयर गर्दै समर्थन  जनाएका छन् ।
Read more…

राखीले सन्नीलाई अश्लील शब्दले गाली गरे

9:21 AM |
राखीले मिडियासँगको कुराकानिमा सनी लियोनबारे दिएको अभिव्यक्ति अहिले चर्चामा रहेको छ ।
राखीले सञ्चार माध्यम सँगको कुराकानिमा सनी लियोनलाई तत्काल भारत छोडेर जान चुनौति दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘सन्नी आफ्नो देश गएर ललीपप खाओस् या जे मन छ त्यही गरोस तर भारतमा केहि नगरोस् ।’
राखीले सनीका कारण आफू जस्ता कलाकार नाङगिन बाध्य भएको तर्क गरिन् । सनी बिरुद्ध राखीको अभिव्यक्ति पहिलो भने होइन ।
Read more…

बलिउड छोडेर बच्चा जन्माउने धुनमा दिपिका पादुकोण !

9:20 AM |
मुम्बई । बलिउडमा टिकिरहनु नायिकाहरुका लागि चुनौतिको विषय हो । तर लगातार सफलताको स्वाद चाखिरहेकी नायिका दिपिका पादुकोणले भने आफूले पारिवारिक जीवनमा प्रवेश गरेपछि आफूले बलिउड छाड्न सक्ने बताएकी छन् ।
एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले विवाहपछि परिवारभन्दा महत्वपूर्ण केही नहुने भन्दै आफूले पूरै ध्यान परिवारलाई दिने बताएकी हुन् ।
अहिले आफू अभिनित ‘पिकु’ को सफलताको स्वाद लिइरहेकी उनले आफूले परिवारका लागि योजना बनाइरहेको खुलासा गरेकी हुन् । उनले जीवनमा केही बच्चाहरु आवश्यक रहेको पनि बताइन् ।
दिपिकाका पछिल्ला ८ वटा फिल्महरु लगातार हिट भइरहेको समयमा उनको यस्तो भनाई बाहिर आएको हो । हरेक फिल्ममा अलग अलग भूमिकामा देखिन सक्ने उनी ‘ककटेल’, ‘रामलीला’ र ‘पीकु’ मा अलग अलग भूमिकामा देखिएकी थिइन् ।
दिपिकाले आफ्ना बाबु-आमाले बच्चा जन्माउने सल्लाह दिएको भन्दै आफूले बाबु-आमाको कुरालाई काट्न नसक्ने पनि खुलासा गरिन् । उनले आफ्नो विवाहबारे कुनै टुंगो नभएपनि त्यसबेला आफू खुसी हुने बताएकी छन् ।
Read more…

उद्योग वाणिज्य महासङ्घ अध्यक्षमा तीन जनाको उम्मेदवारी

9:19 AM |
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी शुक्रबार उक्त पदका लागि हुने निर्वाचनमा महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्षद्वय श्रीमती भवानी राणा र भाष्करराज राजकर्णिकारले मनोनयन दर्ता गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गोविन्ददेव पाण्डेले बताए ।
अध्यक्षका प्रत्यासी राणा यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र राजकर्णिकार अध्यक्षमा पराजित भएका थिए । अध्यक्षमा प्रदीपजङ्ग पाण्डे र वरिष्ठ उपाध्यक्षमा मुरारका विजयी भएका थिए ।
झन्डै तीन दशकअघिको भ्रष्टाचार मुद्दामा गत चैत ३ गते सर्वोच्च अदालतले निर्वाचित अध्यक्ष पाण्डेलाई दोषी ठह¥याएपछि उक्त पद रिक्त भएको हो । महासङ्घको करिब पाँच दशक लामो यात्रामा पहिलोपटक एकै कार्यकालका लागि दोस्रो निर्वाचन हुँदैछ ।
आगामी २१ महिनाका लागि कार्यबाहक अध्यक्षले नै महासङ्घलाई नेतृत्व प्रदान गर्ने सर्वसम्मत निर्णय महासङ्घ कार्यकारी परिषद्बाट हुन नसक्दा निर्वाचन हुन लागेको हो ।
यसैबीच, रासससँग सङ्क्षिप्त कुरा गर्दै कार्यबाहक अध्यक्ष मुरारकाले व्यावसायिक एकताका लागि निर्विरोध अध्यक्ष चयनको पक्षमा आफू रहेको बताउँदै त्यस निम्ति सहमतिको प्रयास जारी रहेको स्पष्ट बताए ।
महासङ्घलाई राजनीतिबाट मुक्त गर्ने र मुलुकको अर्थतन्त्रको उन्नतिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले भूकम्पपछिको देशको अर्थव्यवस्थामा भरथेग गर्न पनि एकता र मेलमिलापको सन्देश प्रवाह गर्न सहमति हुनैपर्ने बताएका छन् ।
Read more…

प्रहरीले नायिकाको बाथरुममै छापा मारेपछि…

9:17 AM |
एजेन्सी । धोखाधडीको आरोपमा मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले नायिका लीना पालका लिभ इन पार्टनर शेखर चन्द्रशेखरलाई पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि उनको घरमा समेत छापा मारेको छ । प्रहरीले छापा मार्दा उनको बाथरुमबाट ठूलो मात्रामा सुन बरामद गरेको छ ।
नायिका लिना गोरेगाउँको एक महलको ३ हजार वर्गफिटको कोठामा बस्थिन जसको भाडा ७५ हजार रुपैया थियो ।
एक प्रहरी अधिकारीका अनुसार नायिकाको फ्ल्याट खोल्दा ७८ ह्याण्डब्याग, ८ वटा ज्याकेट, ३७ सनग्लासेस, ४३ टाउजर्स र ४० जोर जुत्ता भेटिएको थियो ।
प्रहरीले नायिकाको फ्ल्याटमा नामी कम्पनीका ३५ बोतल परफ्युम बरामद गरेको छ, जसको मूल्य लाखौ रुपैया पर्ने बताइएको छ ।
प्रहरीले उनका लिभ इन पार्टनर शेखर चन्द्रशेखरको फ्ल्याटमा खानतलास गर्दा ४२ जिन्स, २०० टिसर्ट र ८० जोर जुत्ता भेटिएको थियो । उनीहरुमाथि धोखाधडी र आर्थिक अपचलनको मुद्दा चलिरहेको छ ।
Read more…

माइली सबै भन्दा सेक्सी सेलिब्रेटी

9:16 AM |
लन्डन । पपस्टार नायिका माइली साइरसलाई २०१५ को सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी” को उपाधी पाएकी छिन् ।
२२ वर्षिय माइलीले एरियन ग्रेड, एली गल्डिङ पस्री, रिचर्ड लिन्कलेटर लगायतलाई पछि पर्दै उनले यो उपाधी जितेकी हुन् ।
उनी पछिल्लो समय जनावार हरुको अधिकारको काम गरिरहेकी उनलाई यो उपाधी दिएको हो । उनी अहिले पुर्ण शाहाकारी पनि भएकी छन्।
माइलीलाई मात्र सेक्सी भेजीटेरियन सेलिब्रेटी नभएर सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी भएको जनावारहरुको अधिकारको लागी काम गर्ने संस्था पेटाले उनलाई सेक्सीएस्ट भेजीटेरियन सेलिब्रेटी” उपाधी दिएको हो ।
Read more…

१४ वर्षकी छात्रालाई यौन दुराचार

9:14 AM |
चन्डिगढ । भारतको चन्डिगढको एक बक्सिगं एकेडमीमा १४ वर्षकी छात्रालाई बन्धक बनाएर यौन दुराचार गरेको सार्बजनीक भएको छ ।
चन्डिगढको दिनोद गेटमा रहेको महिला अधिवक्ताको रोहबरमा प्रहरीमा घटना दर्ता गराइएको छ ।
छात्राले उनकै घर नजिकै रहको बक्सिंग एकेडमीका बक्सर प्रदीप उर्फ परमाले घरमा आएर जबरजस्ती तानेर लगेर एकेडमीमा लगेर यौनदुराचार गरेको आरोप लगाइकी छिन् ।
Read more…

स्पेसएक्स फाल्कन–९ रकेट विष्फोट

9:10 AM |
एजेन्सी । फ्लोरिडाको केप कनैवेरलबाट इन्टरनेशनल स्पेस स्टेशन पठाइएको स्पेसएक्स फाल्कन–९ रकेट लन्च भएको केही समयमा विष्फोट भएको छ ।
रकेट विस्फोट भएको नासाले जनाएको छ ।

रकेट पुर्ण रुपमा ध्वस्त भएको नासा कमान्डर जर्ज डिलरले बताएका छन् ।
उक्त रकेट रुटिन कार्गो मिशनका लागी अंन्तरिक्षमा पठाइएको थियो ।
रकेटमा अंन्तरिक्षमा करिब २ टन समान पठाइएको थियो तर लन्च भएको केही समयमा आकाशमा बिष्पोट भएको हो ।
नासाका टिम रकेटमा के गडबढि भन्ने बारेमा अनुसन्धान गरिरहका छन्  ।
Read more…

जुन ३० सबैभन्दा लामो दिन :नाशा

9:08 AM |
एजेन्सी । जुन ३० बाट दिन छोटो र रात लामो हुदै जाने अमेरीकी अन्तरिक्ष विज्ञान  एजेन्सी नाशाले पुष्टि गरेको छ ।
सामान्यतः त्यस दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने भएकोले दिन लामो हुने गरेको नाशाले बताएको छ ।
नाशाका अनुसार पृथ्वी, चन्द्रमा सुर्यका बिच गुरुत्वार्षणको कारणले प्रत्येक दिन पृथ्वी घुम्न न ढिलो भएको दिन लामो भएको नाशाका बैज्ञानिकहरुलेबताएका छन् ।
मेरीलेण्डको ग्रीनवेल्टमा गोडार्ड स्पेस फ्लाइट केंन्द्रको डेनियलका अनुसार पृथ्वीको परिक्रम बिस्तारे ढिलो हुने गरेको छ त्यसैले अतिरिक्त लीप सेकंन्ड दिन प्रतिदिन बढिरहेको जनाएका छन् ।
Read more…

विश्वको सवैभन्दा गर्मी स्थान जहाँको तापक्रम ७० डिग्री भन्दा धेरै !

9:07 AM |
एजेन्सी । भारतका कयौँ क्षेत्रमा ४० भन्दा बढी तापक्रममा बृद्धि हुदा हजार भन्दा बढी मानिसको मृत्यु भयो ।
त्यस्तै अर्को राष्ट्र पाकिस्तानमा अत्याधिक गर्मी पछि को लूका कारण मर्ने मानिसको संख्या पनि हजार भन्दा बढी पुग्यो ।
तर ७० डिग्री भन्दा पनि बढी तापक्रम रहने स्थान समेत छ विश्वमा ।
ईरानको दश्त ए लुतमा ७०.७ डिग्री तापक्रम मापन गरिएको छ । उक्त स्थानको केहि ठाउमा तापक्रम अझ उच्च हुने गरेको छ ।
Read more…

घरको छतमा सेनाको विमान खस्दा ११३ को मृत्यु

9:04 AM |

एजेन्सी । एन्डोनेसियाको मेदानमा सेनाको यात्रुबाहक विमान घना आवास भएको सहरी इलाकामा खस्दा विमानमा सवास सबै यात्रुको निधन भएको छ ।
विमानमा प्राविधिक समस्या आउँदा विमान दुर्घटना भएको थियो । सुमित्रा टापुमा रहेको उक्त सहरमा रहेको एक घरमा विमान ठोक्कीएको थियो ।
विमानमा सवार सबै एक सय १३ जना यात्रुको मृत्यु भएको इन्डोनेसियाको एयर फोर्सले जनाएको छ । हर्कुलस सी–१३० विमान एक्कासी आवास क्षेत्रको एक घरमा बज्रीन पुगेको थियो ।
विमान खस्दा दुई घर र एक होटल पुर्ण क्षती भएका छन् । होटल र घरमा रहेका सर्वसाधारणको पनि मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
Read more…

लुटिँदै राहत सामग्री

9:44 PM |
दोलखा, वैशाख २१ - भूकम्पको पीडाले एक थरी मानिस आहत भइरहेका बेला केहीलाई भने चोर्ने र लुट्ने माैका मिलेको छ । भूकम्पपछि खुलाचौरमा बसिरहेका सर्वसाधारणको घर चोर्न पनि सक्रिय छन् । अर्कोतिर मौका यही हो भन्दै पीडितका लागि ओसार्दै गरेको राहतलाई लुट्ने गिरोह पनि उत्तिकै छ ।
राहतको विषयमा वादविवाद र कुटाकुट पनि भइरहेका छन् । चरिकोट बजार र ग्रामीण क्षेत्रहरूका भत्किएको घरभित्र चोरीको घटना पनि हुन थालेको छ । पाखाटोलमा चोरी भएको सुरज श्रेष्ठले जानकारी दिए ।
दोलखाका लागि सभासद, राजनीतिज्ञ, पेसा व्यवसायी, बुद्धिजीवीहरूले आफ्नै र विभिन्न स्थानबाट संकलन गरी पठाएको राहतका ट्रकहरू जिल्ला भित्रनु अगावै लुटिएका छन् । कान्छी सगरमाथा आरोही निमडोमा शेर्पाले आफ्नै सक्रियतामा गृह गाउँ सिमिका लागि संकलन गरेर ल्याएको सामग्री प्रहरीको गस्तीसाथमा ल्याउनुपर्‍यो । सिन्धुपाल्चोकको अधेरीबाट प्रहरी भ्यानले स्कर्टिङ गर्दा पनि जोगाएर ल्याउन मुस्किल परेको उनले बताइन् । ‘बल्लतल्ल ल्याएको १ ट्रक राहत बुझाउन सेनाको व्यारेकभित्र आदेश कुर्नुपर्दा भने मन दुख्यो,’ आरोही निमडोमाले दु:खी हुँदै भनिन्, ‘दु:ख पाएका जनताका लागि स्वस्फूर्त प्राप्त हुने राहत बुझ्ने प्रक्रिया सहज र सबैको पहुँच हुने गरी २४ सै घण्टा खुला हुनुपर्छ ।’
दोलखाका ५६ हजार घरधुरीमध्ये करिब ५० हजार घर क्षतिग्रस्त भएकाले उनीहरूका लागि ल्याइएको सामग्री काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकस्थित राजमार्गमा बसेकाले लुट्ने गरेका छन् । सभासद आनन्दप्रसाद पोखरेलका अनुसार ४ ट्रक खाद्यान्न र सामग्री जिल्ला पुग्न सकेन । निकै आलोचनाको बाबजुत जिल्लास्थित राहत भण्डारण केन्द्र पनि सेनाको ब्यारेकमा राखिएको छ । स्थानीय प्रशासनले असुरिक्षत भएकाले सेनाको ब्यारेकभित्र भण्डारण गर्नुपरेको बताएको छ ।
भूमार्गबाट पीडितहरूका लागि राहत ल्याउन अरनिको राजमार्ग खतरा भएपछि इन्जिनियर महेन्द्रबहादुर कार्कीले खुर्कोटबाट रामेछाप हुँदै गृहगाउँ मेलुङमा राहत पुर्‍याए । उनले गाविस सचिव र राजनीतिक दलहरूको रोहबरमा ३ सय त्रिपालसहित १६ सामग्री वितरण गरेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भूकम्पपीडितभन्दा पनि मौकाको फाइदा उठाउनेहरूबाट लुटपाट कार्य भइरहेकाले सुरक्षा बन्दोवस्त गरिएको बताए । उनका अनुसार राहत ल्याउने र पुर्‍याउने कार्यमा सुरक्षाकर्मी परिचालित भइरहेका छन् । सुरक्षा बन्दोवस्तको बाबजुद नै उत्तरको सिंगटी क्षेत्रका लागि खाद्य संस्थानले पाठाएको ४ सय बोरा चामलमध्ये ९१ बोरा लामिडाडाँस्थित बञ्चरेमा लुटिएको छ । नेपाली सेनाको आकस्मिक उद्धार क्याम्प सिंगटीका मेजर भीष्म रावलका अनुसार प्राप्त राहतलाई आवश्यकताको आधारमा वितरण गर्न सघाएको बताए ।
गाउँगाउँमा लान लागिएको राहत पनि लुटिने क्रम बढेको छ । जफेमा लगिएको राहत झुलेमा लुटिएको प्रहरी निरीक्षक शान्तबहादुर लामाले बताए । उनका अनुसार राहतकै विषयमा लामिडाँडामा झगडा भएको छ । राहत व्यवस्थापन समिति संयोजक रेशकलाल कडेलका अनुसार ४० हजार पाल आवश्यक भएकामा समितिको तर्फबाट २२ सय मात्र पठाइएको छ ।
Read more…

हेर्दाहेर्दै बगर - भूकम्पले लाङटाङमा हिमपहिरो जाँदा करिब ४ सय जनाको बस्ती उजाड

12:55 AM |
लाङटाङ, वैशाख २० - महाभूकम्पको एक सातापछि रसुवा सदरमुकाम धुन्चे पुग्दा आधा दर्जन युवायुवती लाइन लागेर बसेका थिए । भूकम्पको भोलिपल्ट लाङटाङ हिमालको फेदबाट उद्धार गरेर ल्याइएका उनीहरू पुन: घर फर्किन चाहन्थे । तीमध्येकी एक थिइन् २५ वर्षीया निङमार तामाङ ।
उनले मजेत्राले बाँधेर ढाडमा ६ महिनाको नानी बोकेकी थिइन् । 'सबै मान्छे, चिनेजानेको उतै छ, यहाँ बसेर के गर्नु ?' उनले भनिन्, 'यहाँ अर्काले दिएको खाएर कति दिन बस्ने ?'
निङमार र उनका श्रीमान्ले त्यहाँ होटेल चलाउँदै आएका थिए । महाभूकम्पले हिमाल हल्लाएपछि गएको हिमपहिरोमा परेर होटेल त गयो नै, उनका श्रीमान् पनि पुरिए । आफू त्यहाँ पुग्न पाए अझै श्रीमान् फेला पर्ने उनको आस मरेको छैन । तर, सेनाले उनीहरूलाई त्यहाँ नपुर्‍याउने भयो ।
'केही दिनअघि मात्र उद्धार गरेको, फेरि पुर्‍याएर के गर्नु ?' धुन्चेस्थित गणका गणपति लक्ष्मण
थापाले भने, 'फेरि अर्को दिन ल्याउनु मात्र होइन, राहतसमेत पुर्‍याउनुपर्छ ।'
लाङटाङ हिमालको काख विदेशी पर्यटकको मुख्य गन्तव्यस्थल थियो । तर, अहिले त्यही बजार बगरमा परिणत भएको छ । ०७२ वैशाख १२ गते दिउँसो गएको महाभूकम्पले सुन्दर बजार मरुभूमिमा मात्र परिणत भएन, कति जनाको परिवारै डुब्यो । करिब चार सय व्यक्ति रहेको बस्तीमा एउटा घर मात्र बच्यो । त्यो पनि भित्तामा अडिएर । माथिबाट खसेको हिमपहिरोले कतिको ज्यान गयो, कसैसँग आधिकारिक तथ्यांक छैन, तर दुई सयको हाराहारीमा व्यक्ति हराएका छन् । उनीहरू माथिबाट खसेको हिउँको दलदलमा फसेका छन् । जीवित प्राणी भनेको त्यहाँ केही घोडा र याक थिए । तिनीहरू पनि खान नपाएर भौतारिरहेका थिए ।
३७ वर्षीया किङगा शेर्पा शनिबार नजिकै रहेको क्यान्जिङ गाउँबाट एक पुरुषका साथमा आइन् । नयाँ जनस्वास्थ्य चौकीको भवन बनाउन लागेको स्थानमा आएर बोरा पल्टाइन् । बोराको मुनि एक महिलाको शव थियो । बौद्ध धर्म मान्ने उनले रुँदै त्यसलाई ढोगिन् ।
उनका पुरोहितले मन्त्र पढे । तीनपटक भुईं ढोग्दै नमस्कार गरेपछि उनले त्यो शव त्यहीँ छाडेर गइन् । त्यो शव उनकी बहिनीको हो । उनीहरूको घर त्यही सहरमा थियो । दिदीबहिनी १० वर्षदेखि व्यवसाय गरेर बसेका थिए । भूकम्प आएको दिन उनी नजिकैको अर्को बस्ती क्यान्जिङ गएकी थिइन् ।
बिहान गएकी उनी साँझ फर्केर आउँदा बस्ती पुरै सखाप थियो । बस्ती मात्र होइन, आफन्तहरू पनि पुरै सकिए । बहिनीको शव भर्खरै उम्रँदै गरेको जौबारीको भित्तामा थियो । त्यो प्रहरीले केही समयअघि भेटेको थियो ।
उनलाई थाहा छैन, अरू आफन्त कहाँ छन् ? उनी धर्मअनुसार बहिनीको शव गाड्न चाहन्छिन् । तर, उनको शव बोकेर लगिदिने कोही छैन । 'सबैको बिजोग छ, कसले मद्दत गर्छ ?' उनले भनिन्, 'अरू त सबै हिउँमुनि पुरिएका छन्, भेटिँदैन होला ।'
 
उनी शव त्यत्तिकै छाडेर गइन् । प्रहरीले त्यो शवलाई बोराले छोपेर त्यत्तिकै छाड्यो ।
पहिरो गएकोनजिकै ७/८ युवाको जत्था थियो । उनीहरू आफ्नो डुबेको गाउँ र आफन्तलाई टाढैबाट हेर्न आएका थिए । घटनास्थलमा प्रहरीले जान रोक लगाएको थियो । 'हिमपहिरो गएको स्थानमा जाँदा डुब्लान् भन्ने डरले उनीहरूलाई नपठाएको हो,' जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी प्रवीण पोख्रेलले भने, 'उद्धारकर्मीबिना त्यहाँ जानु उच्च जोखिम हो ।'
शनिबार नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धारका लागि त्यहाँ पुगेको थियो । हिमपहिरोमा परेर ज्यान गुमाएकाहरूको उद्धारका लागि उनीहरू त्यहाँ पुगेका थिए । दुई ठूला हिमालको बीचमा पसेर उद्धारकर्मीहरूले नेपाली र विदेशी गरेर ८ जनाको शव निकाले ।
उनीहरू अझै पुरिएका शव खोजिरहेका छन् । 'दुई सय त नेपाली मात्र पुरिएको अनुमान छ,' उद्धारमा खटिइरहेका पोख्रेलले हातमा लगाएको पन्जा निकाल्दै भने, 'पूरै हिउँमा शव भेटिने आधार खोजेर उत्खनन् गर्छौं ।'
पुरिएको बस्तीभन्दा अलिपर एक वृद्ध टोलाएर बसिरहेका थिए । एकटकले पहिरोले पुरेको बस्तीतिर हेरिरहेका उनलाई आवाज दिँदा झस्किए । ७० वर्षीय पासाङ वाङदीले त्यो पहिरोमा सबै गुमाए । श्रीमती ६४ वर्षीया भुट्टी तामाङ, ३५ वर्षका छोरा, बुहारी र नातिनी यही पहिरोमा पुरिए ।
क्यान्जिङको मौसम विभाग शाखामा काम गर्ने उनको काम हिउँ वा पानी कति पर्‍यो भनेर जाँच्ने हो । सरकारी जागिरे भएकाले उनी ज्यादा समय क्यान्जिङमै हुन्छन् । श्रीमतीसहित सबै त्यहीँ बस्थे । घरको नामोनिसान छैन । परिवार गुमाएका उनी खान नपाएको भन्दै रोइरहेका थिए ।
'सब खत्तम भयो, उनीहरू त गए नै, मलाई खानसमेत छैन,' उनले भने, 'अर्काको घरमा मागेर खाइरहेको छु ।' उनको घरमा ३ लाख जति नगद र ५ तोला सुन थियो ।
स्थानीयका अनुसार पहिरो जानुअघि त्यहाँ ४ सयजनाको हाराहारीको बसोबास थियो । तीमध्ये दुई सयभन्दा बढी हराएका छन् । एक दर्जनको शव भेटिएको छ । पूरै रसुवा जिल्लामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन सय नाघिसक्यो ।
त्यहाँ जम्मा भएकाहरू राहत नपाएको गुनासो गरिरहेका थिए । मध्य क्षेत्रीय नेपाल र सशस्त्र प्रहरी बलका प्रमुखहरू क्रमश: देवेन्द्रजंग सुवेदी र रामशरण पौडेललाई खान नपाएको गुनासो गरे । 'घरको छानो उडिसक्यो, थोत्रा पाल टाँगेर बसिएको छ,' स्थानीय होटेल व्यवसायी सुब्बा लामाले भने, 'खाने कुरो आएको छैन ।'
हिमाली जिल्लामा सरकारको नजर कम थियो । त्यहाँ परिवार र घरबार गुमाउने धेरै भेटिए । खेतबारी नै गुमाएकाहरू पनि थिए ।
Read more…

बढी भाडा असुल्ने ५८ सवारीसाधन कारबाहीमा , यात्रुलाई ५ लाख फिर्ता

11:19 PM |
सिन्धुली, वैशाख १६ - बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा तराइका बिभिन्न भाग जाने यात्रुसँग बढी भाडा असुल्ने ५८ सवारीसाधनमािथ कारबाही गरिएकाे छ । सिन्धुलीको ढुंग्रेवास र चियावारी नजिकमा चेकजाँच गरि प्रहरीले पैसा फिर्ता गराएकाे हाे ।
काठमाडाै‌काे कोटेश्वरबाट सिन्धुलीमाढीसम्म १४८ किमी कालोपत्रे सडकमा ८ देखि १० यात्रु अट्ने साना सवारीले २५ हजारसम्म भाडा असुलेको पाइएको छ । यसरी बढी भाडा लिनेबाट म‌गलबार र बुधबार दुई दिनगरी यात्रुलाई करिब  ५ लाख रुपैंया फर्काइएको प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
सरकारले बससेवा मार्फत नि:शुल्क घरफिर्ता गर्ने घोषणा गरे पनि महंगो रकम तिरेर रिजर्भ लिइ आउने चाप बुधबार पनि घटेको छैन् ।
मंगलबार मात्रै करिब १५ हजार सवारी साधन बीपी राजमार्ग हुँदै पूर्वी तराइ गएका छन् । बर्दिवाससम्मको १६० किलोमीटर सडकमा एउटा ट्याक्सीले २० हजारसम्म असुलेको पाइएको र त्यस्ताबाट रकम फिर्ता गरिएको ट्राफिक प्रहरीका रामेश्वर पाण्डेले जानकारी दिए ।
Read more…

कहाँ कति भूकम्प गयो ?

8:33 PM |
काठमाडौ, वैशाख १६ - शनिबारदेखि बुधबारसम्म ४ रेक्टरस्केल भन्दा ठूला १ सय ३ भूकम्प गएका छन् । शनिवार ११:५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनेर गएको ७.६ रेक्टरको भूकम्प सबैभन्दा ठूलो हो ।
त्यो अहिलेसम्मकै दोस्रो ठूलो भूकम्प भएको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा.सोमनाथ सापकोटाले बताए । यसअघि १९९० मा ८.४ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसबाट ८ हजार ५ सय जनाको ज्यान गएको थियो भने हजारौ संरचना ध्वस्त भएको थियो ।
पहिलो दिन १२ गते शनिबार १२ घण्टामा ३९ वटा भूकम्प गएका थिए भने १३ गते आइतबार २४ घण्टामा ३८ तेस्रो दिन १४ गते सोमबार २४ घण्टामा १३ र चौथो दिन मंगलबार २० घण्टामा ११ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसैगरी बुधबार बिहान ४ रेक्टर स्केलका दुईवटा भूकम्प गएका छन् ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबारदेखि मंगलबारसम्म ४ रेक्टरस्केलभन्दा साना ६ सय भन्दा बढी भूकम्प गएको छ । तर तीनले कुनै असर नपुर्‍याउने भूगर्भविद्हरु बताउँछन् । ४ रेक्टरभन्दा तलका भूकम्प आएको खासै थाहा नहुने अधिकारीले बताए ।
कुन दिन कति भूकम्प ?
(४ रेक्टर स्केलभन्दा माथिका)
वैशाख १२ गते शनिबार
क्रम        समय    कत्रो    केन्द्रबिन्दु
१.        ११:५६    ७.६        गोरखा
२.        १२:२३    ५.५      सिन्धुपाल्चोक÷तिब्बत
३.        १२:३०    ६.६       गोरखा
४.        १२:४१    ५.७     रसुवा
५.        १२.५३    ५.३    रसुवा
६.        ०१:३२    ५.१      तिब्बत
७.        ०२:०२    ५.२    सिन्धुपाल्चोक
८.        ०२:०५    ५.१    गोरखा
९.        ०२:१४    ५.२    गोरखा
१०.        ०२:४०    ५.७    काभ्रे
११.        ०२:४८    ५.३    रसुवा
१२.        ०३:०२    ५.९    तिब्बत
१३.        ०३:१५    ५.५    सिन्धुपाल्चोक
१४.        ०३:२८    ४.६    रसुवा
१५.        ०४:०८    ४.१    सिन्धुपाल्चोक
१६.        ०४:२५    ४.०    सिन्धुपाल्चोक
१७.        ०४.५०    ४.६    सिन्धुपाल्चोक
१८.        ०५:२६    ४.१    रसुवा
१९.        ०६:०२    ४.९    नुवाकोट
२०.        ०६:२४    ४.५    दोलखा
२१.        ०६:२९    ५.५    गोरखा
२२.        ०७:१५    ४.७    रसुवा
२३.        ०७:२१    ४.९    दोलखा
२४.        ०७:३८    ४.१    नुवाकोट
२५.        ०७:४७    ४.१    काठमाडौं
२६.        ०७:५५    ४.७    सिन्धुपाल्चोक
२७.        ०८:०८    ४.१    रसुवा
२८.        ०८:२१    ४.५    दोलखा
२९.        ०८:२५    ५.०    सिन्धुपाल्चोक
३०.        ०८:३६    ४.४    रसुवा
३१.        ०९:०२    ४.२    सिन्धुपाल्चोक
३२.        १०:१२    ५.३    सिन्धुपाल्चोक
३३.        १०:३१    ४.०    नुवाकोट
३४.        ११:१९    ४.१    सिन्धुपाल्चोक
३५.        ११:२४    ४.०    सिन्धुपाल्चोक
३६.        ११:२५    ४.०    नुवाकोट
३७.        ११:२७    ५.६    तिब्बत
३८.        ११:४०    ४.०    रसुवा
३९.        ११:४६    ४.१    सिन्धुपाल्चोक
आइतबार
४०.        ००:१४    ४.१    सिन्धुपाल्चोक
४१.        ००:४३    ४.६    काठमाडौं
४२.        ०१:२९    ४.१    सिन्धुपाल्चोक
४३.        ०१:४९    ४.०    रसुवा
४४.        ०१:५२    ४.२    गोरखा
४५.        ०१:५६    ४.४    सिन्धुपाल्चोक
४६.        ०२:०८    ४.०    रसुवा
४७.        ०२:१४    ४.३    गोरखा
४८.        ०२:१७    ४.८    सिन्धुपाल्चोक
४९.        ०२:४९    ४.०    गोरखा
५०.        ०२:५२    ४.८    सिन्धुपाल्चोक
५१.        ०५:०१    ५.५    गोरखा
५२        ०५:२५    ४.०    काठमाडौं
५३.        ०५:२६    ४.५    दोलखा
५४.        ०५:३२    ४.०    रसुवा
५५.        ०६:००    ४.०    काठमाडौं
५६.        ०६:१७    ४.०    नुवाकोट
५७.        ०८:४३    ४.५    गोरखा
५८.        ०८:५५    ५.१    नुवाकोट
५९.        ०९:०६    ५.०    काभ्रे
६०.        १०:३५    ४.५    सिन्धुपाल्चोक
६१.        १०:४३    ४.८    गोरखा÷धादिङ
६२.        ००:५४    ६.९    दोलखा÷ सिन्धुपाल्चोक
६३.        ०१:१२    ५.३    सिन्धुपाल्चोक
६४.        ०१:२२    ५.०    सिन्धुपाल्चोक
६५.        ०२:२५    ४.८    सिन्धुपाल्चोक
६६.        ०२:३१    ४.५    सिन्धुपाल्चोक
६७.        ०३:२७    ४.५    सिन्धुपाल्चोक
६८.        ०६:५६    ५.०    सिन्धुपाल्चोक
६९.        ०७:०८    ४.०    सिन्धुपाल्चोक
७०.        ०८:१७    ४.०    नुवाकोट
७१.        ०८:२९    ४.५    सिन्धुपाल्चोक
७२.        ०८:४२    ४.५    गोरखा
७३.        ०९:४७    ४.०    दोलखा
७४.        १०:०८    ४.०    काठमाडौं
७५.        १०:११    ५.३    सिन्धुपाल्चोक
७६        १०:४२    ४.०    दोलखा÷ सिन्धुपाल्चोक
७७.        ११:५१    ४.२    सिन्धुपाल्चोक
सोमबार
७८.        ००:३९    ४.५    रसुवा
७९.        ०३:३७    ४.१    नुवाकोट
८०.        ०४:१५    ४.२    काभ्रे
८१.        ०४:१७    ४.५    काभ्रे
८२.        ०४:२७    ४.४    सिन्धुपाल्चोक
८३.        ०६:२४    ४.७    नुवाकोट
८४.        ०८:१८    ४.२    काभ्रे
८५.        ०९:५९    ४.३    रसुवा
८६.        १०:०५    ४.०    सिन्धुपाल्चोक
८७.        ०३:१७    ४.०    नुवाकोट
८८.        ०९:३६    ४.५    नुवाकोट
८९.        १०:३९    ४.२    सिन्धुपाल्चोक
९०.        ११:३०    ४.०    धादिङ
मंगलबार
९१.        ००:४४    ४.८    गोरखा÷धादिङ
९२.        ०२:५९    ४.२    सिन्धुपाल्चोक
९३.        ०३:१२    ४.२    सिन्धुपाल्चोक
९४.        ०४:११    ४.२    गोरखा
९५.        ०५:०५    ४.९    रसुवा÷ सिन्धुपाल्चोक
९६.        ०७:४५    ४.२    दोलखा
९७.        ०८:४०    ४.०    सिन्धुपाल्चोक
९८.        १२:०८    ४.०    सिन्धुपाल्चोक
९९.        ०३:१०    ४.०    सिन्धुपाल्चोक
१००.      ०४:४४    ४.०    नुवाकोट
१०१.        ०५:०३    ४.२    सिन्धुपाल्चोक
बुधबार
१०२.         ०४:१४    ४.०     नुवाकोट
१०३        ०५:५४    ४.०     नुवाकोट
स्रोत : राष्ट्रिय भूकम्पमापन केन्द्र
Read more…

उद्दार र राहत प्रभावकारी बनाउन राज्य व्यवस्था समितिद्धारा सरकारलाई निर्देशन

6:24 AM |
काठमाडौ, वैशाख १५ - संसदको राज्य व्यवस्था समितिले पीडितहरुलाइ तत्काल महसुस हुने गरी उद्दार, राहत र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबारको बैठकले न्यूनतम सामग्री समेत प्राप्त गर्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण  गराएको छ । समितिले  भइरहेको कामहरुको निरन्तर जानकारी गराउन पनि गृहमन्त्री बामदेव गौतमलाई निर्देश गरेको छ । समितिले पिडित र घाइतेहरुको सरल र सहजरुपमा नि:शुल्क उपचार गराउने व्यवस्था तत्काल मिलाउने, मृतकहरुको व्यवस्थापन  गर्न भनेको छ ।
सवारी आवागमन सहज र सुचारु रुपमा सञ्चालन गराउदै  राजधानी वाहिर जान चाहने  तर सवारी भाडाको व्यवस्थापन गर्न नसक्ने यात्रुहरुका आवश्यक प्रवन्ध मिलाउन पनि सरकालाई आग्रह गरेको छ । त्यस्तै आपराधिक कृयाकलापमा संलग्न हुने प्रवृत्ति देखा परिसकेको यस अवस्थामा त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक मात्रामा सुरक्षा निकायहरुको पेट्रोलिङ निरन्तर रुपमा सबै क्षेत्रमा गर्ने गराउने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।
कृत्रिम अभाव र कालोबजार नियन्त्रण गरी अत्यावश्यक सेवा सुविधा २४ सै घण्टा उपलब्ध गराउने, सेल्टरको रुपमा प्रयोग भएका स्थानहरुमा अत्यावश्यक सुरक्षाको प्रत्याभूति, खानेपानीको व्यवस्थापन र शौचालयको समेत उचित प्रवन्ध गर्न पनि समितिले भनेको छ । संभावित रोक नियन्न्त्रणका लागि व्यवस्थापन गर्ने ,निकट भविष्यमा नै सञ्चालन हुने विभिन्न परीक्षाहरुको सम्बन्धमा औचित्यतपूर्ण निर्णयको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पनि समितिले सरकालाई निर्देशन दिएको छ ।
Read more…

अब तारन्तार भूकम्प आउँदैन : भूगर्भविद्

6:48 PM |
काठमाडौ, वैशाख १५ - सोमबार बिहानैदेखि भूकम्प कमजोर बन्दै गएको छ । सोमबार बिहान १० बजेपछि भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शनिबार र आइतबारको तुलनामा सोमबार सर्वसाधारणले राहत महसुस गरेका छन् । सोमबार अघिल्ला दुई दिनभन्दा सवारी साधन र चहलपहल बढे पनि बजार भने खुलेको छैन । भूकम्प आउने क्रम घटे पनि आमजनतामा अझै मानसिक त्रास भने घटेको छैन ।
भूगर्भ विभागका उपमहानिर्देशक तथा भूगर्भविद् डा.सोमनाथ सापकोटाले सोमबारदेखि कम क्षमता र धेरै समयको ग्यापमा ४ रेक्टर स्केलभन्दा साना भूकम्पमात्र गएको बताए ।
‘अब तारन्तार भूकम्प आउने सम्भावना टरेको छ,’ भूगर्भविद् डा.सापकोटाले सोमबार कान्तिपुरलाई भने, ‘अब आत्तिनुपर्ने अवस्था छैन, भूकम्प विस्तारै सामान्य बन्दै गएको छ ।’
डा.सापकोटाका अनुसार शनिबारदेखि सोमबार साँझसम्म ४ रेक्टर स्केलभन्दा माथिका ८६ वटा भूकम्प गएका थिए । ४ रेक्टर स्केलभन्दा साना सयौं भूकम्प गए पनि त्यसले कुनै क्षति नपुर्‍याउने भूगर्भविद् तथा मापन केन्द्रको लोकविजय अधिकारीले बताए । सोमबार १० बजेपछि ३.५ रेक्टर स्केलका मात्रै केही भूकम्प गएका थिए । ती कम क्षमताका भूकम्प हुन् । कतिपय साना भूकम्प मापन नै नगरिने जानकारी अधिकारीले दिए ।
शनिबार ११:५६ मा गएको ७.६ रेक्टरको भूकम्प १९९० सालपछिको ठूलो थियो । ९० सालमा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबार १२:५४ मा गएको ६.९ रेक्टरको भूकम्प २०४५ सालको भन्दा शक्तिशाली थियो । २०४५ मा ६.८ रेक्टर स्कलेको भूकम्प गएको थियो ।
योपटक सबभन्दा बढी क्षति शनिबारको भूकम्पले निम्त्याएको हो । पूर्वी भागमा चाहिँ आइतबारको भूकम्पले क्षति बढी गराएको छ । आइतबार १२:५६ मा गएको भूकम्प सिन्धुपाल्चोक र दोलखाको केन्द्रविन्दु बनाएर गएकाले पूर्वीक्षेत्रमा असर बढी गराएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझपछि ५ रेक्टर स्केलभन्दा ठूला भूकम्प गएको छैन । भूगर्भविद्ले यसलाई सुधारको संकेत मानेका छन् । सोमबार बिहानदेखि साँझसम्म ४ रेक्टरभन्दा साना ९ वटा भूकम्प गएको डा.सापकोटाले बताए । साना भूकम्पले खासै असर नगर्ने भएकाले त्रसित नहुन भूगर्भविद्को सुझाव छ । केन्द्रले भूकम्प सामान्य बन्दै गएको गृह मन्त्रालयलाई पनि जानकारी गराएको छ ।
सोमबारदेखि भूकम्प कमजोर बन्दै गइरहेका बेला अझै ठूलो भूकम्प आउन सक्ने भन्दै भ्रम फैलाइएकामा भूगर्भविद्ले खण्डन गर्दै भूकम्पको मिति, प्रकार र क्षमता आकलन गर्न नसकिने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।
तारन्तर भूकम्प जाने सम्भावना टरिसकेकाले सुरक्षित तरिकाले घरमा बस्नु उपयुक्त हुने भूगर्भविद्हरूको सुझाव छ । ‘केही दिनसम्म झड्का आइहाले पनि सुरुजत्तिको भूकम्प दोहोरिने सम्भावना न्यून हुन्छ’ डा.सापकोटा भन्छन् । १९९० सालको भूकम्प जाँदा ६ दिनसम्म कम्पन भएको ब्रह्मशमशेर जबराले १९९१ मा प्रकाशित आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
Read more…