एजेन्सी । फ्लोरिडाको केप कनैवेरलबाट इन्टरनेशनल स्पेस स्टेशन पठाइएको स्पेसएक्स फाल्कन–९ रकेट लन्च भएको केही समयमा विष्फोट भएको छ ।
रकेट विस्फोट भएको नासाले जनाएको छ ।
रकेट पुर्ण रुपमा ध्वस्त भएको नासा कमान्डर जर्ज डिलरले बताएका छन् ।
उक्त रकेट रुटिन कार्गो मिशनका लागी अंन्तरिक्षमा पठाइएको थियो ।
रकेटमा अंन्तरिक्षमा करिब २ टन समान पठाइएको थियो तर लन्च भएको केही समयमा आकाशमा बिष्पोट भएको हो ।
नासाका टिम रकेटमा के गडबढि भन्ने बारेमा अनुसन्धान गरिरहका छन् ।
Comments[ 0 ]
Post a Comment