काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले बजेटको स्रोत जुटाउन समस्या नभएपनि कार्यान्वयनमा समस्या रहेको बताएका छन् ।
मन्त्री महतले आर्थिक वर्ष समाप्त हुन लाग्दा अधिकाशं मन्त्रालयका विकास बजेट पचास प्रतिशत पनि खर्च हुन सकेका नसकेको बताए ।
विपी चिन्तन प्रतिष्ठान र मानवतावादी समाज ९सोच० नेपालद्वारा संयुक्तरुपमा विनाशकारी भूकम्पपछि नव निर्माणसम्बन्धी बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा महतले विकास आयोजनाका लागि बजेटको अभाव हुन्न काम गरेर देखाउनुहोस् भन्दा पनि मन्त्रालयहरुले बजेट खर्च गर्न नसकेको गुनासो गर्दै प्रशासनिक तहबाट यस्तो प्रवृत्ति अन्त्य हुनु जरुरी भएको बताए ।
उनले विनाशकारी भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि विदेशी सहयोग जुटाउन नै असार १० गते दाता सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पारे ।
अर्थमन्त्री डा महतले दाता सम्मेलनका लागि आवश्यक तयारी सरकारका तर्फबाट पुरा भइसकेको बताउदै विपद् व्यवस्थापनका लागि अधिकार सम्पन्न निकाय छिट्टै गठन हुन लागेको जानकारी दिए ।
Comments[ 0 ]
Post a Comment