क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदा जीर्णोद्धार गर्न १० वर्ष

7:03 PM |
काठमाडौ, वैशाख १४ - शनिबारको महाभूकम्पमा क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरू जीर्णोद्धार र पुननिर्माण हुन कम्तीमा १० वर्ष लाग्ने पुरातत्त्व विभागले जनाएको छ।
क्षति पुगेका सम्पदाहरू कति हुन् भन्ने आइतबार साँझसम्म पनि पूर्ण विवरण आइनसकेको विभागका इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए। महाभूकम्पमा सुनधाराको धरहरा, राष्ट्रिय संग्रहालय छाउनी, भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालय, दरबार हेरचाह कार्यालय, पाटन दरबार, वसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिरमा बढी क्षति पुगेको छ। उपत्यकाबाहिर जानकी मन्दिरलगायत थुप्रै सम्पदाहरू पनि क्षतिग्रस्त भएका छन्।
'१९९० सालको भूकम्पभन्दा यस पटकको क्षति बढी देखिएको छ, त्यो बेला सामान्य घरको संख्या धेरै थियो, अहिले आधुनिक घरमा कम असर छ,' घिमिरेले भने, 'सम्पदाका लागि पर्याप्त बजेट छुटयाएर काम थाल्दा पनि पुनर्निर्माणका लागि कम्तीमा १० वर्ष लाग्छ।'
अधिकांश भवन र सम्पदा निर्माण गर्न काठ, गुणस्तरीय सुर्खी (इँटाको धूलो), स्थानीय नेवारी इँटा, चुनजस्ता सामग्री आवश्यक पर्छ। चाँगुनारायणलगायत शिलालेखहरू यस बीचमा पटक पटक जीर्णोद्धार हुँदै आए पनि यस पटकको क्षतिले पुननिर्माण गनुपर्ने भएको छ। पुरातत्त्व विभागका प्राविधिक गोविन्द न्यौपानेले मानिसको बिमा गराउने व्यवस्थाझैं यस्ता सम्पदाको समेत बिमा गर्न सके विपत्तिका बेला जीर्णोद्धार कसरी गर्ने भन्ने समस्या उत्पन्न नहुने जिकिर गरे। 
पुरातत्त्व विभागले छ महिनाअघि भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी एक कार्यक्रम आयोजना गरेको थियो। यसपटक महाभूकम्पका बेला भएको क्षतिको आकलन गर्दै सम्पदा निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि अपनाएर योजना बनाउने विभागले जानकारी दिएको छ।
Read more…

महाभूकम्पमा मर्नेको संख्या २१५२ पुग्यो

1:48 AM |
काठमाडौं, वैशाख १३ - शनिबार नेपालमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या २ हजार १ सय ५२ पुगेको छ । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार हालसम्म ५ हजार ४ सय ६१ जना घाइतेको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंमा मात्रै ७ सय ३९ को मृत्यु भएको छ । भक्तपुर र ललितपुरमा मर्नेको संख्या २ सय १९ र १ सय ५७ छ ।
हालसम्म ५ सय ५४ जनाको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रमा भूकम्पका कारण ३९, मध्यक्षेत्रमा ८ सय ३१, पश्चिमाञ्चलमा १ सय ६७ र मध्यपश्चिममा २ जनाको ज्यान गएको छ ।
भूकम्पमा परी २ जना विदेशी र दुई प्रहरीको मृत्यु भएको छ ।


शनिबार नेपालका विभन्न स्थानलाई केन्द्र बनाई शक्तिशाली भूकम्प जाँदा ऐतिहासिक संरचनासहित ठूलो मानवीय र भौतिक क्षति भएकोहो ।
Read more…

भूकम्पको धक्कापछि सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग

1:06 AM |
शनिबार मध्याहृनपछि आएको भूकम्पको धक्का आउने क्रम अझै रोकिएको छैन । आइतबार मध्याहृन फेरि भूकम्पको धक्का महसुस भएको छ ।
इण्डोनेसियाबाट फर्किएका प्रधानमन्त्री कोइरालाले गहृ मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलन सकेर बाहिर निस्कने क्रममा भूकम्पको धक्का महसुुस भएपछि सिंहदरवारमा प्रधानमन्त्री र मन्त्रीको भागाभाग भएको छ । प्रधानमन्त्री र मन्त्रीहरुलाई सुरक्षाकर्मीहरुले समातेर खुला चौरमा राखेका छन् ।
Read more…

२५ घण्टा पछि उस्तै ठूलो झट्का

12:27 AM |
काठमाडौ, वैशाख १३ - महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 आइतबार १२ बजेर ५६ मिनेट जाँदा पनि उत्तै शक्तिशाली झट्का महशुस गरिएको हो । 
यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।
भूकम्पका कारण १९ सय बढीको ज्यान गइसकेको छ भने हजारौँ घाइतेको उपचार भइरहेको छ । 
भूकम्प आएलगत्तै नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायले चासो देइरहेका छन् ।
Read more…