मुम्बई । बलिउडमा टिकिरहनु नायिकाहरुका लागि चुनौतिको विषय हो । तर लगातार सफलताको स्वाद चाखिरहेकी नायिका दिपिका पादुकोणले भने आफूले पारिवारिक जीवनमा प्रवेश गरेपछि आफूले बलिउड छाड्न सक्ने बताएकी छन् । एक भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा उनले विवाहपछि परिवारभन्दा महत्वपूर्ण केही नहुने भन्दै आफूले पूरै ध्यान परिवारलाई दिने बताएकी हुन् ।
अहिले आफू अभिनित ‘पिकु’ को सफलताको स्वाद लिइरहेकी उनले आफूले परिवारका लागि योजना बनाइरहेको खुलासा गरेकी हुन् । उनले जीवनमा केही बच्चाहरु आवश्यक रहेको पनि बताइन् ।
दिपिकाका पछिल्ला ८ वटा फिल्महरु लगातार हिट भइरहेको समयमा उनको यस्तो भनाई बाहिर आएको हो । हरेक फिल्ममा अलग अलग भूमिकामा देखिन सक्ने उनी ‘ककटेल’, ‘रामलीला’ र ‘पीकु’ मा अलग अलग भूमिकामा देखिएकी थिइन् ।
दिपिकाले आफ्ना बाबु-आमाले बच्चा जन्माउने सल्लाह दिएको भन्दै आफूले बाबु-आमाको कुरालाई काट्न नसक्ने पनि खुलासा गरिन् । उनले आफ्नो विवाहबारे कुनै टुंगो नभएपनि त्यसबेला आफू खुसी हुने बताएकी छन् ।
Comments[ 0 ]
Post a Comment